काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार सार्वजनिक बसभित्रै आगजनी गरेका चालक दावा लामाको अवस्था चिन्ताजनक रहेको छ ।
२५ वर्षीय लामाको आगजनीमा परेर शरीर ९० प्रतिशत जलेको जनाएको छ । हाल उनको अवस्था गम्भिर रहेको बताइएको छ ।
आगजनीमा परेका लामालाई प्रहरीले बसबाट उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ । हाल कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको छ ।
अस्पतालका अनुसार लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ । बा.५ ख ४२७४ नम्बरका चालक लामाले यात्रु नरहेको अवस्थामा बसभित्र बसेर आगलागी गरेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्