Skip to content

एक्सट्रीमको ऊर्जासँग नेपाली ई–स्पोर्ट्सको उडान

काठमाडौं । नेपालमा सम्पन्न एःन्इ २०२६ सिजन २ दक्षिण एसिया फाइनलको उपाधि पाकिस्तानको इनफिनिक्स एथलेटिक्स टोलीले जितेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानको टोलीले कुल २०९ अंक हासिल गरी उपाधि आफ्नो नाममा गरेको हो।

काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एसियाका उत्कृष्ट ई–स्पोर्ट्स टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। रोमाञ्चक प्रतिस्पर्धाबीच पाकिस्तानको इनफिनिक्स एथलेटिक्सले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो। प्रतियोगितामा नेपालको टी२जी एथलेटिक्स टोली दोस्रो स्थानमा रहँदा ब्रेभ एथलेटिक्स टोलीले तेस्रो स्थान हासिल गरेको छ।

नेपालमा ई–स्पोर्ट्सको विकास तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो। युवा पुस्ताको ऊर्जा, जोश र प्रतिस्पर्धात्मक भावनासँग जोडिएको एक्सट्रीमले नेपालमा ई–स्पोर्ट्स क्षेत्रलाई थप ऊर्जा प्रदान गर्दै नयाँ प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न निरन्तर साथ दिँदै आएको छ।

एःन्इ २०२६ सिजन २ दक्षिण एसिया फाइनलजस्ता अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताले नेपाली ई–स्पोर्ट्स खेलाडीलाई उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव लिनुका साथै आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ। यस्ता प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्सको सम्भावना र युवा खेलाडीको क्षमता उजागर गर्नसमेत महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

एक्सट्रीम इनर्जी ड्रिंकले ई–स्पोर्ट्सलाई केवल मनोरञ्जनको क्षेत्रका रूपमा मात्र नभई युवा प्रतिभा, सीप र प्रतिस्पर्धात्मक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने सम्भावनायुक्त क्षेत्रका रूपमा हेर्दै आएको जनाएको छ।

नेपाली ई–स्पोर्ट्स समुदाय तथा युवा खेलाडीहरूको यात्रामा साथ दिने उद्देश्यसहित एक्सट्रीमले आगामी दिनमा पनि ई–स्पोर्ट्स संस्कृति, युवा प्रतिभा र प्रतिस्पर्धात्मक गेमिङको विकासमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima