Skip to content

सुन–चाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला १०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ खरिदबिक्री भएको छ । मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ खरिदबिक्री भएको थियो।

यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima