काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बताइएको छ ।
बैठकले बिजुलीमा लगाएको कर हटाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।
सरकार विद्युत् सेवामा लागू गरेको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिने तयारी रहेको बताइएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटबाट विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ ।
विद्युत् खपतलाई प्रोत्साहन गर्ने बेला अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग सल्लाह नगरी विद्युतमा भ्याट लगाएका थिए ।त्यसपछि २ मन्त्रीबिच सम्बन्ध बिग्रेको छ ।
तर अहिले ऊर्जामन्त्री श्रेष्ठले लिएको अडान र प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई यसका बिषयमा बुझाएपछि भ्याट हटाउने बिषयमा सरकार तयार भएको बताइएको छ । प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेले अर्थमन्त्री वाग्लेलाई भ्याट फिर्ता लिने प्रस्ताव मन्त्रिपरिषद्मा लैजान निर्देशन नै दिएको स्रोतको दाबी छ ।
चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युत् सेवामा अन्तिम उपभोक्तालाई विद्युत् सेवा बिक्री गर्दा ५ प्रतिशत र अन्य उपभोक्ताको हकमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेपछि मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मै असन्तुष्टि जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्