Skip to content

जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन एजेन्डामा नेपालले माग्यो आईपीयू सदस्य राष्ट्रको समर्थन

काठमाडौं । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा तान्जानियाको अरूसा पुगेको नेपाली संसदीय प्रतिनिधिमण्डलले जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन एजेन्डाका विषयमा आईपीयू सचिवालयसँग छलफल गरेको छ ।
भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढी तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई मध्यनजर गर्दै नेपालले ‘हिमालयी क्षेत्र तथा अन्य जोखिमपूर्ण क्षेत्रहरूमा जलवायुजन्य विपद्हरूको सामना गर्न र उत्थानशीलता सुदृढ पार्न तत्काल संसदीय कदम’ शीर्षकको आपत्कालीन एजेन्डा अघि सारेको हो ।
छलफलका क्रममा जलवायुजन्य विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा जोखिम न्यूनीकरण, विपद् पूर्वतयारी, उत्थानशीलता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय संसदीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
नेपालले उक्त प्रस्तावलाई आईपीयू महासभाबाट पारित गराउन विभिन्न सदस्य राष्ट्रको समर्थन जुटाउने तयारी गरेको छ । यसका लागि नेपाली प्रतिनिधिमण्डलले भोलि विभिन्न सदस्य राष्ट्रका प्रतिनिधिमण्डलसँग छलफल गरी प्रस्तावका पक्षमा मत माग्ने कार्यक्रम तय गरेको छ ।
यसैबीच, सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा रहेको नेपाली संसदीय प्रतिनिधिमण्डल र अष्ट्रेलियाका सभामुख मिल्टन डिकको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपाल–अष्ट्रेलिया संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी अनुभव आदानप्रदान गर्ने तथा आगामी दिनमा संसदीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima