Skip to content

दशैँका लक्षित विद्युतीय सार्वजनिक सवारीको भाडादर सार्वजनिक, कुन रुटमा कति ?

काठमाडौं । सरकारले अन्तरप्रदेशीय छोटो, मध्यम तथा लामो दूरीमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागका अनुसार तराई तथा पहाडी क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक र मालवाहक विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर भाडादर परिमार्जन गरिएको छ ।
नयाँ भाडादरअनुसार तराई क्षेत्रमा २५० किलोमिटरभन्दा बढी दूरीका पक्की तथा ग्राभेल सडकमा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा प्रतिकिलोमिटर प्रतिव्यक्ति २ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ तोकिएको छ ।
यसैगरी, काठमाडौं–पोखरा र पोखरा–नारायणगढ सडक खण्डमा विद्युतीय सार्वजनिक सवारीको भाडादर प्रतिकिलोमिटर प्रतिव्यक्ति ३ रुपैयाँ २४ पैसा कायम गरिएको विभागले जनाएको छ ।
सरकारले विद्युतीय सवारीसाधनको सञ्चालनलाई व्यवस्थित गर्ने तथा विभिन्न दूरी र सडकको अवस्थाअनुसार भाडादर निर्धारण गर्ने उद्देश्यले भाडादर समायोजन गरेको हो ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार भाडादर दूरी र सडकको प्रकृतिअनुसार फरक–फरक निर्धारण गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima