Skip to content

शिखर सुजले ल्यायो युवा लक्षित नयाँ डिजाइन

काठमाडौं । नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुज अब युवा पुस्ताको मन जित्ने तयारीमा जुटेको छ ।

यसका लागि कम्पनीले युवा लक्षित केही मोडलका जुत्ताहरु सार्वजनिक गरेको छ । युवा लक्षित नयाँ र आकर्षक डिजाइनका उत्पादन बजारमा ल्याएको कम्पनीले आफूलाई युवाहरूको पहिलो रोजाइका रूपमा स्थापित गर्ने प्रयत्न पनि सँगसँगै गरिरहेको छ ।

बदलिँदो फेसन र उपभोक्ताको रुचिसँगै जुत्ता बजारमा प्रतिस्पर्धा बढ्दै गएको सन्दर्भमा शिखर सुजले पुरानो पहिचानमा मात्र सीमित नरही नयाँ पुस्तालाई आकर्षित गर्ने रणनीति अपनाएको हो । कम्पनीले डिजाइनमा नयाँपन ल्याउँदै आरामदायी र टिकाउ जुत्ता उत्पादनमा विशेष ध्यान दिएको छ ।

‘हामी बजारमा बिक्ने मात्र होइन, वर्षौं टिक्ने जुत्ता बनाउने लक्ष्यका साथ अघि बढेका छौँ’, शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भने, ‘आकर्षक डिजाइनसँगै आरामदायी र बलियो जुत्ता बनाउनु हाम्रो प्राथमिकता हो ।’

युवाहरू जुत्ता किन्दा डिजाइनसँगै आराम र टिकाउपनलाई पनि उत्तिकै महत्त्व दिने भएकाले कम्पनीले तीनवटै पक्षमा सन्तुलन मिलाउने प्रयास गरिरहेको उनले बताए । केवल देखावटी डिजाइनले मात्र उपभोक्ताको विश्वास जित्न नसकिने भएकाले गुणस्तरमै जोड दिइएको उनको भनाइ छ ।

शिखर सुजले विगतदेखि नै नेपालमा जुत्ता निर्माणमा आफ्नै मौलिकता कायम राख्दै आएको छ । तीन दशकको यात्रामा कम्पनीले नेपाली बजार र उपभोक्ताको आवश्यकता बुझेर उत्पादन गर्दै आएको अध्यक्ष प्रसाईंको भनाइ छ । उनका अनुसार यही अनुभव नै कम्पनीको सबैभन्दा ठूलो बल हो ।

आगामी दिनमा शिखर सुज थप परिस्कृत स्वरूप र शैलीसहित बजारमा देखिने प्रसाईंले बताए । नयाँ डिजाइन, गुणस्तरमा सुधार र उपभोक्तासँगको निकटता बढाउँदै कम्पनीले आफ्नो बजार विस्तार गर्ने योजनामा रहेको छ ।

तीन दशकको अनुभव र नयाँ पुस्ताको रुचिअनुसारको डिजाइनलाई एउटै धागोमा उन्दै शिखर सुज परम्परा र नवीनताको संगम बन्ने प्रयासमा छ । ‘हाम्रो लक्ष्य युवाले एकपटक लगाएपछि फेरि पनि शिखर सुजलाई नै रोज्ने बनाउनु हो’ प्रसाईंले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima