Skip to content

मधेश प्रदेशमा निक्षेप संकलन बढ्यो, कर्जा प्रवाह घट्यो

nabil
global ime

काठमाडौं । मधेश प्रदेशमा गत असार मसान्त निक्षेप तथा कर्जा प्रवाह बढेको छ ।

नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको आर्थिक गतिविधिको अध्ययन बार्षिक प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष निक्षेप संकलन १७.३२ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १६.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ७३ करोड पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशमा प्रवाह गरेको कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.१८ प्रतिशतले घटेर ४ खर्ब ९४ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.६२ प्रतिशतले वृद्धि भई ४ खर्ब ९५ अर्ब ८६ करोड रहेको थियो ।२०८३ असार मसान्तमा कर्जा–निक्षेप अनुपात १०३.४६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १२१.६१ प्रतिशत रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima