Skip to content

३ महिनामा करिब सवा १६ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, प्राथमिकतामा पर्यटन र ऊर्जा

nabil
global ime

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को ३ महिनासम्ममा ४२२ वटा परियोजनाका लागि १६ अर्ब २३ करोड १९ लाख ५५ हजार ७९६ रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार ४१७ वटा साना,२ वटा मध्यमस्तरीय र ३ वटा ठूलो परियोजनामा लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार लागतका आधारमा पर्यटन र ऊर्जा मुलक परियोजनामा सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ ।

यो अवधिमा पर्यटन उद्योगका १०८ परियोजनामा ६ अर्ब ८ करोड २८ लाख ५० हजार रुपैयाँको लगानी प्रतिबद्बता भएको छ । ऊर्जा उद्योगमा ४ अर्ब, सेवा मुलक उद्योगका ३३ परियोजनामा ३ अर्ब ५७ करोड ५४ लाख ३८ हजार १९६ रुपैयाँको लगानी प्रतिबद्धता भएको ।

उत्पादनमूलक उद्योगका २५ वटा परियोजनामा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ, कृषिमुलक उद्योगका २ परियोजनामा ४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

त्यसैगरी सूचना प्रविधिमूलक उद्योगका २५२ परियोजनामा ९२ करोड ८३ लाख ६७ हजार ६०० रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । यी परियोजनाले ५ हजार १२९ जनालाई रोजगारी दिने जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T