काठमाडौं । समाचार कक्षबाट पक्राउ परेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् । उनलाई केहीबेर अघि ब्यूरोले रिहा गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका सुवेदीलाई साइबर ब्यूरो लगिएको थियो ।
नेपाल प्रेसका पत्रकार सुवेदीलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट पक्राउ गरेको हो ।
नेपाल प्रेसमा आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउने खोजेको र त्यसबारे कार्कीले कानुनी परामर्श सुरु गरेको समाचार प्रकाशित भएको थियो । त्यही विषयमा सोधपुछ गर्न पक्राउ गरिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्