काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले नाम फिर्ता लिएका छन् ।
आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले नाम फिर्ता लिएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी गराए ।
थापाले स्वार्थको द्न्द बाझिने भन्दै नाम फिर्ता लिएको उनको भनाइ छ ।
असोज २८ गते बसेको सुनुवाइमा थापासँग जापानको स्थायी बसोबास अनुमति पत्र रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए ।
संसदीय समितिले पछि यसबारे परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँगै विवरण मागेको थियो । त्यसको जवाफ परराष्ट्रले दुतावासमार्फत पठाएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्