Skip to content

नेपाल वेयरहाउसिङ कम्पनीको संस्थापक सेयरको लकइन अवधि सकिँदै

nabil
global ime

काठमाडौं । नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडका संस्थापक सेयरधनी तथा कर्मचारीका नाममा रहेको ५५ लाख २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै उक्त सेयरको लकइन अवधि मंसिर १९ गतेपछि समाप्त हुने जानकारी गराएको हो ।

कम्पनीका अनुसार लकइन अवधिमा रहेका सेयरमध्ये संस्थापक सेयरधनीको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता रहेका छन् । यी सेयरहरू तीन वर्षको लकइन अवधिमा राखिएका थिए ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लकइन अवधि समाप्त हुनुभन्दा ३० दिनअघि सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम कम्पनीले कात्तिक १८ गते आर्थिक अभियान राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्ने जनाएको छ ।

कम्पनीले लकइन अवधि समाप्त हुने सम्बन्धमा संस्थापक सेयरधनी, कर्मचारी, नियामक निकाय तथा अन्य सरोकारवालालाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सूचना जारी गर्न लागेको जनाएको छ ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको अधीनमा रही सेयर कारोबार गर्न सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T