काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलाको ४५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा किनबेच भएको थियो।









प्रतिक्रिया दिनुहोस्