Skip to content

सेयर बजारमा सुधार, १४३ कम्पनीका लगानीकर्ताले कमाए 

nabil
global ime
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । साताको पहिलो कारोबार दिन सोमबार घटेको सेयर बजारमा मंगलबार सुधार देखिएको छ ।
मंगलबार सेयर बजार मापक नेप्से परिसूचक  ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको छ । नेप्से परिसूचकमा सुधार देखिएको भएता पनि आज कारोबार रकम भने घटेको छ ।
साताको पहिलो कारोबार दिन सोमबार ७ अर्ब १८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ । बाँकी ४ उपसमूहको परिसूचक घटेको छ।
आज कारोबारमा आएका १४३ कम्पनीको सेयर मूल्य बढेको छ । कारोबारमा आएको १२२ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य यतावथ रहेको छ ।
शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेको छ। बाँकी कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा कम बढेको छ ।
कारोबार रकमका आधारमा आज ग्लोबल आइएमई बैंक उच्च स्थानमा रहेको छ। आज यस बैंकको २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T