काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ ।
पोखरा एभेन्जर्सले दिएको ९८ रनको लक्ष्य पाएको लुम्बिनीले १२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले अविजित ४७ रन बनाए भने निरोशन डिकवेलाले अविजित २७ रन बनाए ।
टस हारेर पहिला ब्याटिंग गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
पोखराका लागि चमिका करुनारत्नेले २५ रन बनाएको छ भने कप्तान कुशल भुर्तेलले १४ रन बनाए । त्यस्तै मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए ।
लुम्बिनी लायन्सका बलर रुबेन ट्रम्पेलम्यानले ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट लिएका थिए शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले एक-एक विकेट लिएका छन् । पोखरा एभेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ ।









प्रतिक्रिया दिनुहोस्