काठमाडौं । सरकारले एआईजी डा. मनोज केसीलाई नेपालको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । डा. केसी प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।









प्रतिक्रिया दिनुहोस्