काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका शिक्षा शमन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीको जिम्मेवारी हेरफेर भएको बताएका छन् ।
बुधबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताए ।
‘अहिलेको बदलिँदो परिस्थिति छ । पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भनेर निर्देशन आएको थियो’, मन्त्री पोखरेलले भने, ‘त्यही भएर उहाँको जिम्मेवारी हेरफेर गरिएको हो ।’
प्रधानमन्त्रीलाई शान्ति सुरक्षा सम्बन्धी सल्लाह दिनु भनेको पनि संवेदनशील जिम्मेवारी भएको मन्त्री पोखरेलको दाबी छ । सरकारको यो निर्णयले कार्कीलाई कारबाही गरेको रुपमा बुझन नहुने उनको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्