काठमाडौं । पूर्वाधार मन्त्री सुनिल लम्सालले अहिले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न ५९ वटा ऐन निर्माणको अन्तिम चरणमा रहेको बताएका छन् ।
त्यसपछि कार्यविधि, निर्देशिका बनाउँदै जाने उनको भनाइ छ । नेपाल पूर्वाधार सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए । लगानी, पूर्वाधार, कर, भूमि लगायतका विषयमा यी कानूनहरु रहेका छन् ।
उनले यो पटकको लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई आकर्षित गरेर लगानी भित्र्याउन नलागेको उनको भनाइ छ । यस पटकको लगानी सम्मेलनमा सरकार तयार पारेका कानून देखाउन, यो कानून बनेको छ भनेर जानकारी गराउन, यो कानूनले लगानी गर्न सहज बनाउँछ भन्न, श्रमिकको हित गर्न, बजारको ग्यारेन्टी गर्न, लगानी ढुक्कले गर्न तयार भएको कानून देखाउनु मुख्य लक्ष्य रहेको बताए ।
यो अवधिमा अर्थ मन्त्रालयको अधिकार अन्य निकायमा दिएको बताए । लगानीमैत्री वातावरण बनाउन धेरै ऐन संशोधन भएको र केही संशोधनको मस्यौदा प्रधानमन्त्री कार्यालयमा पेश गरेको दाबी गरे । सम्मेलन हुनुअघि त्यो पनि तयार हुने बताए ।
सरकारले नेपालको कच्चापदार्थ प्रयोग गर्ने नीति लिएको बताए । नेपालमा हुने सरकारी र निजी क्षेले गर्ने निर्माणमा नेपाली कच्चापदार्थ प्रयोग हुने दाबी गरे । आयोजना कार्यान्वयमा हुने ढिलाई पनि अब कम हुने बताए ।









प्रतिक्रिया दिनुहोस्