Skip to content

वल्ड बैंक, एडिबीले अति तन्डम देशहरुलाई दिने अति सहुलियत पूर्ण ऋणको भरमा हामी बाँचेको छौं: अर्थमन्त्री वाग्ले

nabil
global ime

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अहिले हाम्रो देश वल्ड बैंक, एडिबीले अति तन्डम देशहरुलाई दिने अति सहुलियत पूर्ण ऋणको भरमा बाँचेको बताएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२६ का बारेमा जाकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए । उनले हामी नेपाली त्यही सहुलियत पूर्ण ऋणका भारमा बाँचेको र त्यो पनि बिवादित बनाइएको उनको दाबी छ ।

“३५, ४० वर्ष अवधि रहेको, १, डेढ प्रतिशत डलरको ब्याज तिरेर ठूला ठूला पूर्वार्धार निर्माण गर्न सकिने थियो होला” उनले भने “तर दुखद कुरा भनौ त्यो बाटो साधुरो हुँदै जाने छ । बैकल्पिक वित्तको विकल्प खोज्नु पर्ने उनको भनाइ छ ।”

उनले अब लगत्तै हुन लागेको लगानी सम्मेलनमा सरकारले यो गर्छौ भन्नु भन्दा पनि सम्मेलन गर्दा नै यो यो काम गर््र्यौ भनेर देखाउनु खोजिएको बताए ।
सरकारले कानून धमाधम बनाइरहेको जानकारी गराए । सम्मेलनका लागि प्रधानमन्त्रीको पनि धेरै नै चासो रहेको उनको भनाइ छ । यो सरकारले, इकोनोमि रिफर्म, कानूनी रिर्फम लगायत धेरै रिफर्म गर्न लागेको वाग्लेले बताए ।

अघिल्लो पटक साढे ३ वर्षमा ६५ वटा कानून बनेको भन्दै यो सरकारले अहिले नै ५९ वटा कानून निर्माणको क्रममा रहेको जानकारी गराए । उनले पूर्वाधार निमांणको क्षेत्रमा निजी क्षेत्रलाई ल्याउनु पर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T