काठमाडौं । पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
सम्मेलनमा विभिन्न २३ वटा परियोजनालाई सरकारले शोकेस गरेको छ । सरकारले शोकेसमा रोखेको आयोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यसको विस्तृत अवधारणा तयार भइसकेको छ । यसका १ खर्ब ६२ अर्ब नेपाली रुपैयाँ (१.०६ अर्ब अमेरिकी डलर) लगानी लाग्ने अनुमान रहेको छ । यो आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा तयार पर्ने सरकारको लक्ष्य रहेको छ ।
यस्तै माझीटार–शक्तिखोर सुरुङमार्ग तथा मिश्रित सहर रहेको छ । यो मिश्रित आयोजना हो । यो अहिले अवधारणाको चरणमा रहेको छ ।
यसको लागत २ खर्ब ५० अर्ब नेपाली रुपैयाँ (१.६४ अर्ब अमेरिकी डलर) रहेको छ । यो पनि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा तयार गरिन लागेको हो ।
शक्तिखोर औद्योगिक पार्कको गुरुयोजना तयार भएको छ । यसको लागत ४० अर्ब ५० करोड नेपाली रुपैयाँ (२६ करोड ६० लाख अमेरिकी डलर) रहेको छ । यो पनि पीपीपी मोडेलमा बनाउन खोजिएको छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजना पनि शोकसमा रहेको छ । यसको लगानी २ खर्ब ८ अर्ब नेपाली रुपैयाँ (१ अर्ब ३६ करोड अमेरिकी डलर) रहेको छ । योे पनि पीपीपी मोडेलमा निर्माण हुने छ ।
ग्लोबल कन्भेन्सन तथा डिजिटल हब, भृकुटीमण्डप पनि शोकेसमा रहेको छ । यो पूर्वसम्भाव्यता अध्ययनको चरणमा रहेको छ । यसको लागत ५० अर्ब नेपाली रुपैयाँ (३२ करोड ८० लाख अमेरिकी डलर) रहेको छ । यो पीपीपी मोडेलमा निर्माण गरिने भएको छ ।
कर्णाली एचभीएसी प्रसारण लाइनको लागत २५ अर्ब नेपाली रुपैयाँ (१६ करोड ४० लाख अमेरिकी डलर) रहेको छ । यो पनि पीपीपी मोडेलमा निर्माण हुन लागेको हो ।
चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्गको अवधारणा तयार भएको छ । यसको लगानी २ खर्ब २१ अर्ब १२ करोड नेपाली रुपैयाँ (१ अर्ब ४५ करोड अमेरिकी डलर) रहेको छ । यसको कार्यान्वयन ह्याम मोडेलमा हुने जनाइएको छ ।
भेरी एचभीएसी प्रसारण लाइन विशेष प्रयोजन कम्पनी (एसपीभी) गठनका लागि तयारी अवस्थामा रहेको छ । यसको लागत २५ अर्ब नेपाली रुपैयाँ (१६ करोड ४० लाख अमेरिकी डलर) रहेको छ । यो पीपीपी मोडेलमा निर्माण हुनेछ ।
नौबस्ता औद्योगिक पार्कका लागि जग्गा पहिचान भइसकेको छ । यसको लगानी १० अर्ब नेपाली रुपैयाँ (६ करोड ६० लाख अमेरिकी डलर) रहेको छ । यो ऋण सहजीकरणसहितको पीपीपी मोडेलमा निर्माण हुनेछ ।
कोहलपुर–सुर्खेत द्रुतमार्गको सम्भाव्यता अध्ययन भएको छ । यसको लागत ६७ अर्ब ५० करोड नेपाली रुपैयाँ (४४ करोड ३० लाख अमेरिकी डलर) हुने भनिएको छ । यो ह्याम मोडेलमा सञ्चालनमा आउने छ ।
दाउन्ने सुरुङमार्गको विस्तृत इन्जिनियरिङ अध्ययनको चरणमा रहेको छ । यसको लागत १० अर्ब ८० करोड नेपाली रुपैयाँ (७ करोड १० लाख अमेरिकी डलर) रहेको छ । यो पनि ह्याम मोडेलमा सञ्चालन हुनेछ ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा रहेको छ । सन् २०२६ को चौथो त्रैमासिकमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोज) सम्पन्न गर्ने लक्ष्य रहेको छ । यसमा लगानी ३ खर्ब ८१ अर्ब २५ करोड नेपाली रुपैयाँ (२ अर्ब ५० करोड अमेरिकी डलर) हुने आंकलन रहेको छ । यो पनि पीपीपी मोडेलमा कार्यान्वयनमा जाने छ ।
महेशफाँट स्याटेलाइट आईटी सिटी सहरी गुरुयोजना निर्माणको चरणमा छ । यसमा ५५ अर्ब नेपाली रुपैयाँ (३६ करोड १० लाख अमेरिकी डलर) लगानी हुने छ । यो पनि पीपीपी मोडेलमा बन्ने छ । छहरे स्याटेलाइट लजिस्टिक्स सिटीको सहरी गुरुयोजना निर्माणको चरणमा रहेको छ । यसमा ५० अर्ब नेपाली रुपैयाँ (३२ करोड ८० लाख अमेरिकी डलर) लगानी लाग्ने जनाइएको छ । यो पनि पीपीपी मोडेलमा बन्ने छ ।
तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यसमा २ खर्ब नेपाली रुपैयाँ (१ अर्ब ३१ करोड अमेरिकी डलर) लगानी आवश्यक पर्ने जनाइएको छ । यो पीपीपी मोडेलमा सञ्चालन हुनेछ ।
एआई डाटा सेन्टर आयोजना (रोल्वालिङरमनाङ) को दुई स्थानमा सम्भाव्यता अध्ययनको चरणमा रहेको छ । यसमा ५० अर्ब नेपाली रुपैयाँ ९३२ करोड ८० लाख अमेरिकी डलर० लगानी लाग्ने जनाइएको छ । यो पनि पीपीपी मोडेलमा तयार हुने छ ।
मुस्ताङ एकीकृत स्याउ खेती तथा प्रशोधन आयोजना अवधारणाको चरणमा रहेको छ । यसको लागत ३० अर्ब नेपाली रुपैयाँ (१९ करोड ७० लाख अमेरिकी डलर) हुने आंकलन छ । यो पीपीपी मोडेलमा निर्माण हुनेछ । मानेडाँडा इको–टाउनको सहरी गुरुयोजना निर्माणको चरणमा छ । यसमा ४५ अर्ब नेपाली रुपैयाँ ९२९ करोड ५० लाख अमेरिकी डलर० लगानी रहेको छ । र्यान्वयनको ढाँचास् सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा तयार हुनेछ ।
बुढीगण्डकी बहुउद्देश्यीय आयोजना बहुउद्देश्यीय हो । यसको परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । यसमा ४ खर्ब नेपाली रुपैयाँ ९२ अर्ब ६२ करोड अमेरिकी डलर० लगानी लाग्ने आंकलन छ । यो पनि पीपीपी मोडेलमा निर्माण हुनेछ ।
धौवादी फलाम उत्खनन आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यसमा ५१ अर्ब २५ करोड नेपाली रुपैयाँ (३३ करोड ६० लाख अमेरिकी डलर) लगानी आवश्यक पर्छ । पीपीपी मोडेलमा निर्माण हुने छ ।
बुटवल–पोखरा द्रुतमार्गको सडकको रेखाङ्कन (रुट अलाइनमेन्ट) तय भएको छ । यसमा ८० अर्ब नेपाली रुपैयाँ (५२ करोड ५० लाख अमेरिकी डलर) लगानी आवश्यक पर्छ । यो ह्याम मोडेलमा तयार पारिन्छ ।
धरान–लेउती सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार रहेको छ । यसमा ६ अर्ब ७५ करोड नेपाली रुपैयाँ (४ करोड ४० लाख अमेरिकी डलर) लगानी आवश्यक पर्छं । यो ह्याम मोडलमा कार्यान्वयनमा जान्छ ।
खप्तड एकीकृत इको–पर्यटन आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको चरणमा रहेको छ । यसमा २७ अर्ब नेपाली रुपैयाँ (१७ करोड ७० लाख अमेरिकी डलर) लगानी अवाश्यक पर्छ । यो पीपीपी मोडलमा तयार हुनेछ ।









प्रतिक्रिया दिनुहोस्