Skip to content

राष्ट्र बैंकले ३ महिनाका लागि २ खर्ब निक्षेप तान्ने

nabil
global ime
काठमाडौं । नेपाल राष्ट्र बैंकले  २ खर्ब रुपैयाँ निक्षेप तान्ने  भएको छ । कर्जाको माग नभएको अवस्थामा बैंकहरुलाई निक्षेप व्यवस्थापन गर्न सहज हुने देखिन्छ । केन्द्रीय बैंकले आज मध्यान्ह ३ बजे बोलकबोल हुने जनाएको छ ।
यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
राष्ट्र बैंकले ९२ दिन अर्थात् फागुन ५ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित विकल्प हुने देखिन्छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T