काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ मा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकका लागि २ करोड ९९ लाख १३ हजार ७९७ रुपैयाँ खर्च गरेको छ ।
जसमा गभर्नर र डेपुटी गभर्नरको तलब बापत ४८ लाख ९६ हजार १०० रुपैयाँ खर्च गरेको छ । उक्त रकममध्ये गभर्नर विश्वनाथ पौडेललाई तलब बापत १६ लाख ३२ हजार, डेपुटी गभर्नर किरण पण्डितलाई १३ लाख ६५ हजार ५८० रुपैयाँ, अर्का डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई ९ लाख ४९ हजार २६० र बम बहादुर मिश्रलाई ९ लाख ४९ हजार २६० रुपैयाँ भुक्तानी गरिएको छ ।
यस्तै बोर्ड बैठक बापत गभर्नर पौडेललाई ५ लाख ६७ हजार, सञ्चालन तथा अर्थसचिव डा. घनश्याम उपाध्यायलाई ५ लाख ४० हजार, डेपुटी गभर्नर पण्डितलाई २ लाख २५ हजार, डेपुटी गभर्नर तिम्सिनालाई २ लाख ३४ हजार र अर्का डेपुटी गभर्नर मिश्रलाई २ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै अन्य भत्ता तथा सुविधा बापत गभर्नर पौडेललाई २४ लाख ४९ हजार ९५६ रुपैयाँ, सञ्चालन तथा अर्थसचिव डा. घनश्याम उपाध्यायलाई ३ लाख ४८ हजार १२० रुपैयाँ, डेपुटी गभर्नर पण्डितलाई ४६ लाख ८ हजार ४१५ रुपैयाँ, डेपुटी गभर्नर तिम्सिनालाई ४२ लाख ३५ हजार ७११ रुपैयाँ र अर्का डेपुटी गभर्नर मिश्रलाई ३८ लाख ९७ हजार ५११ रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल राष्ट्र बैंकले सञ्चालक चिन्तामणी शिवाकोटीलाई भत्ता बापत ५ लाख ४९ हजार र अन्य भत्ता तथा सुविधा बापत १८ लाख ९७ हजार ९६९ रुपैयाँ, डां शंकर प्रसाद आचार्यले भत्ता बापत ४ लाख ५९ हजार र अन्य भत्ता तथा सुविधा बापत १८ लाख २४ हजार ८१३ रुपैयाँ र डा रविन्द्र प्रसाद पाण्डेले भत्ता बापत ५ लाख ७६ हजार र अन्य भत्ता तथा सुविधा बापत २३ लाख ३५ हजार २०१ रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकका गभर्नरले भन्दा डेपुटी गभर्नरले पाउने रकम भत्ता र अन्य भत्ता तथा सुविधा बापतको रकम बढी रहेको छ ।









प्रतिक्रिया दिनुहोस्