Skip to content

कर प्रशासन बदल्ने १५ बुँदे संकल्प सार्वजनिकः अब करदातालाई २४ सै घण्टा एआई सेवा, कर प्रशासनलाई पूर्ण डिजिटल बनाइने

nabil
global ime
काठमाडौँ, १ मङ्सिरः अर्थमन्त्री डा स्वर्णिम वाग्ले लगायत काठमाडौँको लाजिम्पाटमा आन्तरिक राजस्व विभागद्वारा आज आयोजित ‘राष्ट्रिय कर दिवस–२०८३’ उद्घाटन कार्यक्रममा सो संस्थाद्वारा प्रकाशित वार्षिक प्रगति प्रतिवेदन २०८२/८३ विमोचन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र सेवामुखी बनाउने लक्ष्यसहित १५ बुँदे संकल्प सार्वजनिक गरेको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विभागले कर प्रणालीमा रूपान्तरण, प्रविधिमा नवप्रवर्तन, सेवामा सुशासन र राजस्व सङ्कलनमा दिगो वृद्धि गर्ने उद्देश्यसहित विभिन्न सुधारका योजना अघि सारेको हो।

विभागले करदाताका जिज्ञासा तथा गुनासो तत्काल सम्बोधन गर्न २४ सै घण्टा सञ्चालन हुने कृत्रिम बुद्धिमत्ता ९एआई० मा आधारित कल सेन्टर तथा च्याटबोट स्थापना गर्ने घोषणा गरेको छ। यसबाट करसम्बन्धी जानकारी लिन र समस्या राख्न करदाताले कार्यालय समय कुर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।

विभागले कर प्रशासनलाई पूर्ण डिजिटल बनाउने योजनाअन्तर्गत २०८३ माघदेखि विद्यमान कर प्रणालीलाई स्वचालनमा लैजाने प्रक्रिया सुरु गर्ने जनाएको छ। यसका लागि द्यगकष्लभकक एचयअभकक च्भ(भलनष्लभभचष्लन को विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० अनुसार काम अघि बढाइनेछ।

त्यस्तै, ‘एक करदाता, एक डिजिटल पहिचान’ प्रणाली विकास गरी प्रत्येक करदाताको सूचना, कारोबार र कर अनुपालनसम्बन्धी विवरणलाई सुरक्षित तथा एकीकृत रूपमा व्यवस्थापन गरिनेछ। यसले करदाताको विवरण व्यवस्थापनलाई सहज बनाउनुका साथै कर प्रशासनलाई थप प्रभावकारी बनाउने विभागको अपेक्षा छ।

विभागले डिजिटल भुक्तानी तथा क्यूआर पेमेन्ट गर्दा स्वतः बीजक सिर्जना हुने प्रणाली विकास गर्ने योजना पनि सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकसँगको समन्वयमा विकास गरिने उक्त प्रणालीले कारोबार लुकाउने, बीजक जारी नगर्ने तथा कर छली गर्ने प्रवृत्ति नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यसैगरी, वित्तीय प्रतिवेदनलाई मेसिनले पढ्न सक्ने ढाँचामा रूपान्तरण गर्न क्ष्ह्द्यच्ी प्रणाली लागू गर्ने तथा अन्तःशुल्कजन्य वस्तुको उत्पादन, भण्डारण र वितरणको अवस्था ट्र्याक गर्न डिजिटल स्टिकर प्रणाली कार्यान्वयन सुरु गरिनेछ।

राजस्व चुहावट नियन्त्रण र कर अनुपालन बढाउन जोखिममा आधारित कर परीक्षण, अनुसन्धान तथा अनुगमनलाई प्राथमिकता दिइने विभागले जनाएको छ। स्वयं कर घोषणा प्रणालीमार्फत पेश भएका विवरणको जोखिम विश्लेषण गरी राजस्व चुहावट हुन सक्ने क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ।

विभागले चालु आर्थिक वर्षका लागि तोकिएको ७ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यसमेत अघि सारेको छ। साथै, राजस्व बेरुजुको कम्तीमा ६० प्रतिशत सम्परीक्षण गर्ने प्रतिबद्धता जनाएको छ।

करदातालाई कर प्रणालीबारे सचेत गराउन स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा देशव्यापी करदाता शिक्षा कार्यक्रम सञ्चालन गरी ‘स्वैच्छिक कर सहभागिता राष्ट्रिय अभियान’ सुरु गरिनेछ।

कर विवादको शीघ्र समाधान, करचुक्ता प्रमाणपत्रको ढाँचामा एकरूपता, विभिन्न सरकारी निकायबीच तथ्याङ्क आदानप्रदान तथा कर प्रशासनमा कार्यरत कर्मचारीको क्षमता विकासलाई पनि विभागले प्राथमिकतामा राखेको छ।

त्यसैगरी, सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित सुपरिवेक्षण र अनुसन्धान गर्ने तथा नेपालको कर प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधुनिक, पारदर्शी, पूर्वानुमानयोग्य र लगानीमैत्री बनाउने विभागको संकल्प छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T