काठमाडौं । आज एकै दिन नेपाली बजारमा सुनको मूल्य तोलामा १२ हजार २०० रुपैयाँले घटेको छ ।
सुनको मूल्य घट्दा आम सर्वसाधारण मात्रै नभएर देशको शासन सत्ताको वागडोर सम्हाल्नेहरुको समेत सम्पत्ति निकै घटेको छ ।
सुनको मूल्यमा एकैदिन भारी मात्रामा गिरावट आउँदा सबैभन्दा बढी सम्पति प्रधानमन्त्री वालेन्द्र शाहको घटेको छ ।
शाहले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग १९० तोला सुन रहेको छ । शुक्रबार एकै दिन उनको सम्पत्ति २३ लाख १८ हजार रुपैयाँले घटेको छ ।
यस्तै प्रकाशित सम्पत्ति विवरण अनुसार धेरै सुन हुने दोस्रो मन्त्रीमा गृहमन्त्री सुधन गुरुङ रहेका छन् । उनीसँग ८९ तोला मात्रै सुन रहेको छ । एकै दिन उनको सम्पत्ति १० लाख ८५ हजार ८०० रुपैयाँले घटेको छ ।
यस्तै ८० तोला सुनका मालिक श्रम मन्त्री रामजी यादवको सम्पत्ति एकै दिन ८० तोला ९ लाख ७६ हजार रुपैयाँले घटेको छ ।
सुनको मूल्य एकै दिन १२ हजार २०० रुपैयाँले घट्दा ४५ तोला मात्रै सुन भएका अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति ५ लाख ४९ हजार रुपैयाँले घटेको छ ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग ३० तोला सुन छ । शु्क्रबार उनको सम्पत्तिको ३ लाख ६६ हजार रुपैयाँले घटेको छ ।
यस्तै स्वास्थ्यमन्त्री निशा मेहेतासँग ३० तोला सुन रहेको छ । उनको पनि सम्पत्ति आज एकै दिन ३ लाख ६६ हजार रुपैयाँले घटेको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलसँग २५ तोला सुन रहेको छ । उनको पनि सम्पत्ति एकै दिन ३ लाख ५ हजार रुपैयाँले घटेको छ ।
शिक्षामन्त्री सस्मित पोखरेलसँग २५ तोला सुन रहेको छ । उनको पनि सम्पत्ति एकै दिन ३ लाख ५ हजार रुपैयाँले घटेको छ ।
यस्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन रहेको छ । उनको पनि सम्पत्ति एकै दिन २ लाख ६८ हजार ४०० रुपैयाँले घटेको छ ।
यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीसँग १८ तोला सुन रहेको छ । उनको सम्पत्ति एकै दिन २ दाख १९ हजार ६०० रुपैयाँले घटेको छ ।
यस्तै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला मात्रै सुन रहेको छ । आज एकै दिन उनको सम्पत्ति १ लाख ८३ हजार रुपैयाँले घटेको छ ।
१५ तोला मात्रै सुन भएकी कानुनमन्त्री सोविता गौतमको सम्पत्ति पनि एकै दिन १ लाख ८३ हजार रुपैयाँले घटेको हो ।
पर्यटनमन्त्री खडकराज पौडेलसँग ११ तोला मात्रै सुन रहेको छ । एक एकै दिन उनको सम्पत्ति १ लाख ३४ हजार २०० रुपैयाँले घटेको छ छ ।
यस्तै सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग मात्रै ७ तोला सुन रहेको छ । एकै दिन उनको सम्पत्ति ८५ हजार ४०० रुपैयाँ घटेको छ ।
यस्तै सबैभन्दा कम सुन कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग रहेको छ । उनीसँग ५ तोला मात्रै सुन रहेको छ । आज सुनको मूल्य १२ हजार २०० रुपैयाँले घट्दा उनको सम्पत्ति पनि ६१ हजार रुपैयाँले घटेको छ ।
यहाँ मन्त्रीहरुको घटेको सम्पत्ति आज घटेको सूनको मूल्यलाई मात्रै आधार मानेको हो ।









प्रतिक्रिया दिनुहोस्