Skip to content

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी, ४८ वटा हिमाल आरोहण

nabil
global ime

काठमाडौं । सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व सङ्कलन गरेको छ ।

मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० जनाबाट २२ करोड ५८ लाख ५७ हजार १८९, धौलागिरि–१ आरोहणमा जाने ३७ जनाबाट रु ८४ लाख ७३ हजार ६५० र मकालु आरोहण गर्ने तीन आरोहीबाट छ लाख ८८ हजार ५० राजस्व प्राप्त भएको हो ।

यसैगरी, हिम्लुङ आरोहण दलका १३० जनाबाट रु ७९ लाख ७४ हजार २० र आमादब्लम आरोहणका टोलीका ४७६ जना आरोहीले सात करोड १३ लाख ४७ हजार १०० सलामी दस्तुर राज्यकोषमा दाखिला गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T