काठमाडौं । पृथ्वी राजमार्ग शनिबारदेखि अनिश्चित कालका लागि दैनिक ५ घन्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार शनिबार बिहान ११ बजेबाट-अपराह्न ४ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । यो क्रम शनिबारदेखि सुरु हुनेछ ।
नागढुँगा-मुगलिन सडक खण्डको घोप्टेभिरमा लगातार सुख्खा पहिरो गई सवारी आवागमन प्रभावित बन्न पुगेको र मानविय क्षति समेत भएका कारण शनिबारदेखि दैनिक ११ देखि ४ बजेसम्म सवारी रोकिने भएको हो ।










प्रतिक्रिया दिनुहोस्