Skip to content

राजस्व चुहावट रोक्न अर्थमन्त्री डा. वाग्लेको निर्देशन, भने- दस्तुर वा थप दस्तुर लाग्ने झन्झट आफूले सुन्न नपरोस्

nabil
global ime

विराटनगर। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर आइपुगेका उनले यस्तो निर्देशन दिए ।

मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको स्थलगत अवलोकनपछि उनले भन्सार प्रशासनलाई राजस्व चुहावट रोक्न निर्मम भएर लाग्न र लक्ष्यअनुसार संकलनमा विशेष ध्यान दिन निर्देशन दिए ।

राजस्व संकलनका लागि कार्यालयलाई चाहिने पूर्वाधार र अन्य सबैखाले सहयोगका लागि मन्त्रालयलाई निर्धक्क भएर भन्न भन्दै मन्त्री डा.वाग्लेले लक्ष्यभन्दा तल राजस्व संकलन गर्ने कार्यालयहरू नोटिसमा पर्ने चेतावनीसमेत दिए ।

“राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस्। त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस्। राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,” अर्थमन्त्री डा. वाग्लेले भने “राजस्व संकलनको लक्ष्य प्राप्तिका आधारमा भन्सार कार्यालयहरू र यसको नेतृत्वको मूल्यांकन गरिनेछ।”

उनले सरकारको “मिसन १६ खर्ब” राजस्व लक्ष्यलाई आत्मसात् गर्न पनि निर्देशन दिए । भन्सार प्रशासनमा दस्तुर वा थप दस्तुर लाग्ने झन्झट आफूले सुन्न नपरोस् भन्दै अर्थमन्त्री वाग्लेले राजस्व ठग्ने र छल्नेलाई भन्सार क्षेत्रमा संरक्षण कदापि हुनु नहुने बताए ।

विराटनगर भन्सारको कार्यसम्पादन छिटोछरितो बनाउन आवश्यक पूर्वाधार विकासका लागि कुनै माग भए स्पष्ट राख्न पनि उहाँले भन्सार प्रशासनलाई निर्देशन दिए । उनले व्यापार प्रवर्द्धन र राजस्व संकलनलाई एकसाथ सरल र सहज ढंगबाट परिचालन गरेर व्यावसायिक वातावरण बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको स्पष्ट पारे ।

कार्यक्रममा राजस्व महाशाखा प्रमुखसमेत रहेका निमित्त अर्थसचिव डा.सुमन दाहालले भन्सार बिन्दुमा लागू गरिएको एमआरपी घोषणालाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T