Skip to content
Prabhu

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ३ अर्ब बढी

 

काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिन सेयर बजार राताम्य देखिएको छ । अधिकांश कम्पनीको सेयर मूल्य घटेको दिन समग्र बजार परिसूचक १४ दशमलव ८३ अंकले घटेको हो ।

आज कारोबार भएका कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य घटेको छ भने ४९ कम्पनीको सेयर मूल्य बढेको छ । ७ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक २०३७ दशमलव ०९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसमूहमध्ये ११ उपसमूहको सेयर मूल्य घटेको छ ।

त्यस्तै आज सेयर बजारमा ३ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार दिनभरको कारोबारमा ३२० कम्पनीका ९० लाख ५० हजार ५७७ कित्ता सेयर ५० हजार २३६ पटक खरिद बिक्री हुँदा ३ अर्ब ५१ करोड ७६ लाख ८९ हजार १५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ४२ अंकले घटेर ३५८ दशमलव ७५ विन्दुमा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal