Skip to content

सेयर धितो कर्जाको जोखिमभार घटाउन उद्योग वाणिज्य संघ काठमाडौंको आग्रह

nabil bank

काठमाडौं । उद्योग वाणिज्य संघ काठमाडौंले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार घटाउन राष्ट्र बैंकलाई सुझाब दिएको छ । संघले सेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशतमा झार्न केन्द्रीय बैंकलाई सुझाव दिएको हो ।

सेयर धितो कर्जाको प्रावधानलाई सहज बनाउन माग गर्दै आएको भएपनि यो वर्षको मौद्रिक नीतिमा कुनै माग सम्बोधन नभएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर–धितोपत्र कर्जा, घर जग्गाकर्जा र उच्च खरिद कर्जाको वितरणका लागि विद्यमान जोखिमभारको समीक्षा गर्नुपर्ने संघको सुझाब छ ।

बिहीबार मौद्रिक नीतिको सुझाव दिनका लागि संघले गरेको छलफलमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अघिल्लो नीतिको यथास्थिति कायम राख्दै सेयर धितोपत्र सम्बन्धी विद्यमान व्यवस्थामा कुनै परिवर्तन नगरिएकोले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा संशोधन गर्नु पर्ने बताएको हो ।

यसैगरी संघले चल्ती खाताको रकम कर्जामा सार्न सकिने तर व्यवसायसम्बन्धी खर्च गर्न मासिक १ प्रतिशत मात्र कर्जा खाताबाट चल्तीमा सार्न पाइने व्यवस्था परिमार्जन गरी कर्जा खाताबाट व्यवसायको तलब, बहाल व्याज भुक्तानी गर्न वा चल्तीमा सार्न कर्जा खाता साथै चल्ती खाता चलाउन पाउनु पर्ने माग गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi