Skip to content
Prabhu

न्यूरोडको फुटपाथ बिस्तार गर्ने बालेनको योजनालाई अदालतको साथ

nabil

काठमाडौं । न्यूरोड क्षेत्रमा फुटपाथ बिस्तार गर्ने काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन)को योजनालाई अदालतले साथ दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने निर्णय गरेको सडक विभागको विपक्षमा फैसला गरेको हो ।
अदालतले सडक विभाग अन्तर्गतको डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र १६ गते महानगरपालिकालाई पठाएको पत्र यो रिटको अन्तिम टुंगो नलाग्दासम्म यथास्थितमा राख्न अन्तरिम आदेश दिएको हो ।

सडक विभागले काठमाडौं महानगरले फुटपाथलाई बढाउने योजना अन्तर्गत बढाएको योजनालाई अवरुद्ध गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal