Skip to content

भेटीघाटीबाट ज्येष्ठ नागरिक आश्रममा प्रेक्षालय निर्माण, लागत १८ लाख ४९ हजार

बेनी । जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ ।

ज्येष्ठ नागरिक आश्रम परिसरमा रहेको सामुदायिक स्वास्थ्य एकाइको भवनमा तला थप गरेर सुविधासम्पन्न प्रेक्षालय निर्माण गरिएको गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले बताए।

भवन निर्माणका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट १५ लाख र आश्रमको कोषबाट ३ लाख ४९ हजार ६ सय ५० रुपैयाँ प्राप्त भएको अध्यक्ष पुनले बताए । प्रेक्षालयको क्षमता एक सय ५० जनाको हो । हाल ४८ जना ज्येष्ठ नागरिक भवनमा आश्रित छन् ।

यसैबीच, प्रेक्षालयका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)को कतारस्थित गण्डकी प्रदेश समन्वय परिषद्ले ५० हजार रुपैयाँ बराबरका फर्निचर प्रदान गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T