Skip to content

शुक्लाफाँटामा १ वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति

nabil bank

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले एक वर्षमा ११ किलोमिटर सडक स्तरोन्नति गरेको छ । आव २०८०/८१ मा सडक ग्राभेल तथा स्तरोन्नति गरेको हो । नगरपालिकाका ग्रामीण क्षेत्रका सडकको स्तरोन्नति हुँदा कृषिउपज बजारसम्म ढुवानी गर्न सहज भएको छ ।

नगरपालिकाका १२ वटै वडाका सडक स्तरोन्नति गर्ने, खाल्डाखुल्डी पुर्ने काम भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखाका प्रमुख दिपक धामीले बताए । उनका अनुसार आव २०८०/८१ मा नगरपालिकाले १७ दशमलव चार किमी सडक ग्राभेल गरेको छ । ११ दशमलव ३५ किमी सडक स्तरोन्नति गरिएको छ । सडक नभएका क्षेत्रमा नौ दशमलव ९४ किलोमिटर सडक ट्रयाक खोलिएको छ ।

नगरपालिकाको आर्थिक स्रोत थोरै हुँदा सडक कालोपत्रे करिब एक किमी मात्र गरिएको छ । सडक छेउमा पानी निकासका लागि नाली निर्माण गरिएको छ । विगतमा वर्षाका बेला नगरपालिकाका ग्रामीण क्षेत्रमा सडक सुधार नहुँदा हिलाम्मे हुने गरेका थिए । नगरपालिकामा जनप्रतिनिधि आएपछि सडक सुधार नगरिँदा आवागमनमा सुविधा भएको स्थानीय रामबहादुर डगौराले बताए।

‘ग्राभेल मात्रै नगरपालिकाले विगत सात वर्षदेखि गर्दै आएको छ’, उनले भने, ‘यो पहिला पनि हुन्थ्यो, अब सडक कालोपत्र गरिनुपर्छ, नगरपालिकाको आन्तरिक बजेटले नभ्याउने भए प्रदेश र सङ्घीय सरकारलाई गुहार्नुपर्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime