Skip to content
Prabhu

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरूलाई सहयोग प्रदान

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई  १ लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । 

 रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।  कार्यक्रममा कम्पनीको डेपुटी सीईओ नीराजन कँडेल, एरिया म्यानेजर इसा प्रधान लगायतको उपस्थिति थियो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ५ वटा कृत्रिम खट्टाहरू  र ३ वटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुःखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal