काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ७.३७ अंकले घटेर परिसूचक २६४३.८३ बिन्दु कायम भएको छ ।
३४४ कम्पनीको ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ रुपैयाँमा कारोबारमा छ ।
कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ ।
शुक्रबारको कारोबारमा जीवन बीमा, माइक्रोफाइनान्स, अन्य उपसमूहको सूचक बढेका छन् भने बाँकी उपसमूहका उपसूचक घटेका छन् ।
कारोबारमा माउन्ट एभरेष्ट पावर डेलपमेन्ट कम्पनी, सर्वोत्तम पेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।





प्रतिक्रिया दिनुहोस्