काठमाडौं । सातको चौथो कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से सूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ। बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर परिसूचक २६४२.४० बिन्दु कायम भएको थियो ।
परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक भने स्थिर रहेको छ।
आज कारोबारमा आएका दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छन्। आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २९ करोड ९८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्