Skip to content
Prabhu

नेको इन्स्योरेन्सको नाफ १५ प्रतिशत वृद्धि

nabil

काठमाडौं । नेको इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १५.२३ प्रतिशतले बढेर २२ करोड १२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १९ करोड २० लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

उक्त कम्पनीको बिमा शुल्क आर्जन बढेकाले नाफामा वृद्धि भएको हो । बिमा शुल्क आर्जन ६.१० प्रतिशतले बढेर ६१ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० को यसैअवधिमा यसले ५९ करोड ६ लाख ३७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन  गरेको थियो । 

उक्त कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ १ पैसा छ । चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal