Skip to content
Prabhu

सोमबार नेप्से १५.३३ अंकले बढ्यो, कारोबार घट्यो

nabil

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १५.३३ अंक बढेर २१०१.१६ बिन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ७५ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार ५ स्टकको सयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफि हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यसैगरी, आज जोशी हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। कारोबारमा आएको एनआईसी एसिया ग्रोथ फण्ड २ को एकाइ मूल्य यस दिन सर्वाधिक ८.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal