Skip to content
Prabhu

पेटिएमको संकट कति गहिरो ?

nabil

एजेन्सी  । पहिले बायजु र त्यसपछि अब पेटिएम, भारतीय अर्थव्यवस्थाका चम्कँदा तारा भनिने यी दुवै स्टार्टअप संकटमा किन परिरहेका छन् ? पेटिएम पछिल्लो समय भारतीय स्टार्टअपको सफलतामा सबैभन्दा ठूलो कहानी हो । तर अब अब यसको पेटिएम बैंकको भुक्तानी बन्द हुँदा समस्या सिर्जना भएको छ । 

डिजिटल इकोनोमीको रफ्तारमा सवार यी स्टार्टअपहरुको सफलता कमजोर बन्नुको कारण के हो भन्ने कारण महत्वपूर्ण बनेको छ ।  पेटिएमका पेमेन्ट्स बैंक नियामकीय मामिलामा फसेको छ । ठूलो संख्यामा केवाईसी (नो युअर कस्टमर)को नियम उल्लंघन भएको भन्दै पेटिएममाथि सन्पत्ति शुद्धीकरणको आशंका गरिएको छ । यी आशंकाका कारण भारतीय केन्द्रीय बैंक आरबीआईले पेटिएम बैंकको धेरैजसो सञ्चालनमा प्रतिबन्ध  लगाएको छ । 

पेटिएमको पेमेन्ट्स बैंकले आगामी मार्च १ तारिखदेखि निक्षेप संकलन, रकम ट्रान्सफर र नयाँ ग्राहक बनाउन पाउने छैन । आरबीआईले पेटिएमलाई नयाँ अडिट नियुक्ति गर्नका लागि निर्देशन दिइसकेको छ । ताकी गडबडी भएको भए पत्ता लगाउन सकियोस् । पेटिएमको पेमेन्ट्स बैंकमा कैयन गडबडी देखिएको छ । यस मामिलाका जानकारहरुका अनुसार लाखौँ खाताको केवाईसी भएको छैन । कैयन लाख खाताका प्यान भ्यालिडेसन फेल भएको थियो भने कैयन खातामा एउटै प्यान नम्बर उल्लेख गरिएको थियो ।

पेटिएम कसरी चम्कियो र कमजोर बन्यो ?

पेटिएमले सन् २०१० मा काम सुरु गरेको थियो । तर यसको वालेट सेवा जब सन् २०१६ मा नरेन्द्र मोदी सरकारले नोटबन्दी गर््यो तब कारोबार तीव्र  गतिमा अघि बढेको थियो । यस अवधिमा पूरा भारतमा ५०० र १००० का नोटमाथि प्रतिबन्ध लगाइएको थियो । सोही समयमा नगदरहित कारोबारमा जोड समेत दिइएको थियो । जसमा सबैभन्दा बढी पेटीएमको प्यारेन्ट कम्पनी वन–९७ कम्युनिकेशनलाई भएको थियो । 

पेटिएम निकै छिटो भारतमा डिजिटल भुक्तानी सेवाका लागि ‘पोस्टर व्वाय’ बन्न पुग्यो । र, भारतको हरेक क्षेत्रमा पेटिएम करोको आवाज सुन्न थालियो । 

त्यसभन्दा पहिले सन्् २०१६ मा पेटिएमले पेमेन्ट्स बैंक प्रडक्ट लञ्च गर्ने जानकारी दिएको थियो । तत्कालीन समयमा यसका संस्थापक विजय शेखर शर्माले पत्रकारहरुले सोधेको आरबीआईको नयाँ नियमनका कारण कैयन कम्पनीले आफ्नो लाइसेन्स सरेन्डर गरी व्यवसायबाट निस्किएको भन्दै प्रश्न  गरेका थिए । तब उनले पेटिएमको शानदार यात्रा जारी रहने र कुनै रोड ब्लक (अड्चन) नआउने दाबी गरेका थिए ।

सन् २०१७ जनवरीमा पेटिएमको पेमेन्ट्स बैंकले लाइसेन्स प्राप्त गर््यो र सोही वर्ष मेमा काम सुरु पनि गर्यो । यसबीच चिनियाँ कम्पनी अलिबाबा र जापानी लगानीकर्ता कम्पती सफ्टबैंकबाट फन्डिङबाट पेटिएमको प्यारेन्ट कम्पनी वन–९७ कम्युनिशेन फाइनान्सियल सेक्टरको बलियो कम्पनीका रुपमा  अगाडि बढिसकेको थियो ।

तर सात वर्षपछि पेटिएमको शानदार सफलताको बाटोमा रोड ब्लक आएरै छाड्यो । खासगरी पेटिएमको समस्या सन् २०२२ मा यसको आइपिओ निष्कासनबाटै सुरु भभएको थियो । सन् २०२२ मार्चमा जब कम्पनीको आइपियो निष्कासन भयो त्यसको केही दिनमै यसको शेयर मूल्य २१५० भारुमा सुरु भएको कारोबारमा मूल्य घटेर एक चौथाई मूल्यमा सीमित भएको थियो । सोही समयमा आरबीआईले तुरुन्त लागू हुने गरी पेमेन्ट्स बैंकमा नयाँ ग्राहक बनाउनमा रोक लगाएको थियो । 

पेमेन्ट्स बैंकले अलिबाबालाई महत्वपूर्ण जानकारी लिक गरेको पनि बताइन्छ भने अलिबाबाले त्यो समयमा पेटिएमको २७ प्रतिशत हिस्सा लिएको थियो । अब फेरि एक पटक पेटिएमको शेयर मूल्य धमाधम घटिरहेको छ । सोमबार पेटिएमको शेयर मूल्य ७६१ भारुबाट घटेर ४३८ मा सीमित  भएको छ । पछिल्लो तीन सेसनमा यसरी शेयर मूल्य घटेको हो । 

आरबीआईको कारबाहीपछि पेटिएमले प्यारेन्ट कम्पनी वन–९७ कम्युनिकेशन लगातार क्राइसिस म्यानेजमेन्टमै लागेको छ । कम्पनीका विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोप लागेको छ । र, इडी कम्पनीले यसको जाँच गर्न सक्नेछ । तर कम्पनीले भने उक्त आरोप निराधार भएको बताउँदै आएको छ । 

सफलताबाट असफलतातर्फको अर्को कथा एडटेक कम्पनी बायजुजको पनि हो । कुनै बेला भारतको सबैभन्दा सफल स्टार्र्टअप मानिने यो कम्पनी अहिले कैयन चुनौतीसँग जुधिरहेको छ । कम्पनीसँग अहिले नगद छैन र आफ्नो वित्तीय रिपोर्ट पेश गर्न पनि ढिलाइ गरिरहेको छ । आफ्ना कर्जादाताहरुसँग झगडामा फसेको छ । कम्पनी सन् २०२२ मा २२ अर्ब डलर बराबरको थियो भने अहिले यसको मूल्य ९९ प्रतिशतले कम भएको छ । आर्थिक वर्ष २०२१/२२ मा कम्पनीको आम्दानी पाँच हजार २९८ करोड ४३ लाख भएको थियो भने घाटा आठ हजार २४५ करोड भएको थियो । खर्ब ९४ प्रतिशत बढेर १३ हनार ६६८ भारु पुगेको थियो । बायजुजको सफलता पनि सन् २०२० को कोरोना महामारीको समयमा लकडाउनका कारण अगाडि बढेको थियो । विद्यार्थीहरुले अनलाइनमार्फत पढ्न सुरु गरेका थिए । 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal