Skip to content
Prabhu

चिनियाँ सहयोगमा दक्षिणकालीमा फलेको हरियो तरकारी कतार निर्यात गर्न सुरु

काठमाडौं । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रमअन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरु कतार निर्यात गर्न सुरु गरिएको हो ।

आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरु हस्तान्तरण गरिएको थियो । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रबर्द्धन कार्यक्रमअन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

नगरपालिका प्रमुख मोहन बस्नेतले किसानहरुले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरुलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे । तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरुलाई विशेष तालिमका साथै आवश्यक कृषि सामग्री समेत उपलब्ध गराएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal