काठमाडौं । नेप्से परिसूचक बुधबार २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा झरेको छ। आज सेन्सेटिभ इण्डेक्स ३.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंकले घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज ३१३ स्टकको ९५ हजार पटकको कारोबारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज सामलिङ्ग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९.६७ प्रतिशत बढेको छ भने पिपुल्स पावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। आज स्वाभिमान लघुवित्त, मेन्छियाम हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावरको सयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।
हिमालयन रि–इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्