Skip to content

१०६ केन्द्रमा वर्षाले सतर्कताको तह नाघ्यो

nabil bank
नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिरः कृष्ण आचार्य /रासस

काठमाडौं । मनसुन सक्रिय भएसँगै १०६ वटा वर्षा मापन केन्द्रमा वर्षाले सतर्कताको तह पार गरेको छ । सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा भएको छ । अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा मापन भएको छ ।

अर्चलेपछि धेरै मकवानपुरको दामनमा ३३० मिलिमिटर वर्षा भएको छ । यसैगरी झापाको चन्द्रगढीमा ३०६ मिलिमिटर वर्षा भएको छ । चौबीस घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा भारी वर्षा भन्ने गरिन्छ । १०० देखि २०० मिलिमिटर वर्षा हुँदा त्यसलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अतिभारी वर्षा भनिन्छ ।

 

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा भारीदेखि धेरै भारीदेखि अति भारी वर्षा भएको छ । भारीदेखि धेरै भारी वर्षा भएमा त्यो क्षेत्रलाई जोखिमयुक्त मानिन्छ । आज शनिबार पनि निरन्तर झरी पर्ने सम्भावना भएकाले जोखिम अझै बढ्ने सम्भावना छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime