Skip to content
Prabhu

मोलुङ हाइड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

nabil

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको चौधौं र पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको संचालक समिति, लेखापरिक्षक नियुक्ति तथा अध्यक्ष चयनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गर्दै सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट कम्पनीको संचालक समितिमा संस्थापक समूह (क) बाट क्रमशः नविन महर्जन, कविन महर्जन, विजय प्रकाश महर्जन र रविन्द्र महर्जन निर्विरोध निर्वाचित भएका छन् । साथै, सर्वसाधारण समूह (ख) बाट रामेश्वर महर्जन र हिरा लक्ष्मी महर्जन निर्वाचित भएका छन् । कम्पनीले बाह्य लेखापरीक्षकको रुपमा आर्थिक वर्ष २०८१/८२ का लागि Dev Associates, Chartered Accountants लाई नियुक्त गरेको छ ।

साधारण सभा सम्पन्न भएपछि बसेको ४३औं संचालक समितिको बैठकमा आपसी सहमतिका आधारमा संचालकहरूबाट नविन महर्जनलाई अध्यक्ष पदमा चयन गरिएको छ । यस निर्वाचन र नयाँ नेतृत्वको चयनसँगै कम्पनीले आगामी दिनमा आफ्नो रणनीतिक योजना र विकासलाई थप गति दिने अपेक्षा गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal