Skip to content

नेपाल प्रिमियर लिगको अक्सनमा सर्वाधिक खर्च गर्ने क्लब लुम्बिनी लायन्स

nabil bank

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल) को सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स हिजो भएको अक्सनमा सबैभन्दा धेरै खर्च गर्ने टिम बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंस्थित होटल सोल्टीमा आयोजित उक्त अक्सनमा लुम्बिनी लायन्सले धेरै ८४ लाख ७५ हजार खर्च गरेको हो ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्समा विवेक यादव, सन्दीप जोरा, अर्जुन साउद र सूर्य तामाङ जस्ता चर्चित नाम पनि समावेश भएका छन् ।

लुम्बिनी लायन्सले विवेक यादव, सन्दीप जोरा र सूर्य तामाङलाई खरिद गर्न १५–१५ लाख खर्च गरेको छ भने अन्य खेलाडीहरु; आशुतोष घिरैयालाई १० लाख, तिलकराज भण्डारीलाई १० लाख, दुर्गेश गुप्तालाई ८ लाख,अर्जुन साउदलाई ५ लाख, दिनेश अधिकारीलाई २ लाख ७५ हजार, अभिषेक गौतमलाई २ लाख र विकास अग्रीलाई २ लाखमा खरिद गरेको छ ।

लुम्बिनी लायन्सका चेयरम्यान ईश्वर जीसीले भने, ‘लुम्बिनी क्रिकेटको शान तथा नेपाली क्रिकेटलाई सँधै उज्यालो बनाइरहने एउटा तारा शक्ति गौचनलाई कन्सल्टेन्ट कोच नियुक्त गर्न पाउनु तथा नेपाली टिमको कप्तानलाई नै मार्की खेलाडीको रुपमा पाउनु नै बुद्धभुमी लुम्बिनीको लागि खुशीका दिन सुरु भएको छ ।
साथै हिजोको अक्सनमा पनि हामी निकै लक्की साबित हुन पुग्यौँ, जसमा हामी एकदमै हर्षित छौँ ।

लुम्बिनिलाई हामीले बुद्ध जन्मभुमीको साथै क्रिकेटको माध्यमले पनि अन्तर्राष्ट्रिय रुपमा राम्रो छाप छोड्न कोसिश गर्नेछौँ । हामी सम्पूर्ण लुम्बिनीबासी तथा देश भित्र तथा बाहिर रहनुहुने सम्पुर्ण दाजुभाइ तथा दिदी बहिनीहरुमा सल्लाह सुझाब सँगै लुम्बिनी लायन्सलाई सपोर्ट पनि गरी दिनु हुन अनुरोध पनि गर्दछौँ ।’

हिजो भएको नेपाल प्रिमियर लिगको अक्सनको सर्ट लिस्टमा कुल १४२ खेलाडी रहेका थिए । मङसिर १६ देखि काठमाडौंमा सुरु हुने नेपाल प्रिमियर लिगमा आठवटा टिम समावेश छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi