काठमाडौं । आगामी कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहने पूर्वानुमान गरिएको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित विभागले उक्त क्षेत्रमा जाने पदयात्री तथा विदेशी पर्यटकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले जोखिमयुक्त क्षेत्रमा उक्त अवधिभर पदयात्रा नगर्न तथा नगराउन अनुरोध गरेको हो ।
त्यसैगरी, जोखिमको सम्भावना रहेका क्षेत्रमा यस अवधिमा पदयात्राका लागि अनुमति प्रदान नगरिने विभागले जनाएको छ ।
हिमपात, हिमआँधी र हिमपहिरोजस्ता प्राकृतिक विपद्का कारण जनधनको क्षति हुन सक्ने भएकाले पदयात्रामा निस्कनुअघि मौसमको अवस्था र सम्बन्धित निकायबाट जारी सूचनाबारे जानकारी लिन तथा सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्