Skip to content

सरकारले कुलमानलाई सोध्यो १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई  मंगलबार १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको हो ।

‘लेखा समितिमा परेको उजुरीलगायत विषयमा ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘मंगलबार सरकारले स्पष्टीकरण सोधेको हो ।’

ऊर्जा मन्त्रालयले सोधेको स्पष्टीकरणका विषयमा छलफल गर्न प्राधिकरणको सञ्चालक समितिको बोर्ड बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । बिहान ११ बजे बस्ने बैठकका लागि राति साढे ९ बजे पत्राचार गरिएको थियो । सो बोर्ड बैठक कोरम नपुगेकाले बस्न नसकेको बोर्ड सदस्य कपिल आचार्यले जानकारी दिए ।

स्रोतका अनुसार सरकारले घिसिङको बोर्ड सञ्चालक समितिको कार्यकारी अधिकार खोस्ने तयारी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T