Skip to content

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु. ७३ करोडबराबरको क्षति भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु. ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु. ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु. दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु. ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु. २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु. २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको रु. छ करोड ६५ लाख र रसुवागढी नाकामा रु. चार करोड बराबरको क्षति भएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T