Skip to content

नेपाल प्रहरीले दसैंको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने

nabil
global ime

काठमाडौं । दसैंको टीकाको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।

अघिल्ला वर्षमा ३ दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको प्रहरीले यस वर्ष भने टीकाको दिन बिहान ८ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

दसैंको टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस सञ्चालन गर्न लागेको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) कुबेर कडायतले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रहरीले दुई वटा रुटमा बस सेवा सञ्चालन गर्ने छ।

रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक हुदैँ जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । उनका अनुसार रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुदैँ बालुवाटारसम्म पुग्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T