Skip to content
Prabhu

इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

nabil

इनरुवा । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु. १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा रु. १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा रु. एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal