Skip to content
Prabhu

विपक्षी दलको बैठकमा दाहालले भनेः रविलाई पक्राउ गर्ने सरकारको रणनीति छ

nabil

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपा सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् ।

शुक्रबार प्रतिपक्षी दलहरूको बैठकमा अध्यक्ष दाहालले रास्वपा सभापति लामिछानेलाई पक्राउ पर्ने आफूले सूचना पाएको बताएका हुन् ।

प्रतिपक्षी दलका नेतासमेत रहेका दाहालले समसामयिक विषयमा छलफल गर्न भन्दै शुक्रबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । उनले तीन दलको बिहीबार भएको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको एक नेताले बताए ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपाचाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal