Skip to content
Prabhu

सीतापाइलामा पार्किङ गरेर राखेको कारमा आगलागी

nabil

काठमाडौं । काठमाडौंको सीतापाइलामा पार्किङ गरेको कारमा आगलागी भएको छ । बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१५ स्थित सीतापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङमा राखिएको थियो । प्रहरीका अनुसार कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो ।

प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal